• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मकैको खोसेलाबाट चप्पलदेखी झोलासम्म

मकैको खोसेलाबाट चप्पलदेखी झोलासम्म


समायोजन खबर
  • शनिबार, फाल्गुन २२ २०७७

  • च्यास्मिटारका महिलाहरुले मकैको खोसेलाबाट बनाएका विभिन्न घरायसी सामग्रीहरु ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाहरुले मकैको खोसेलाबाट चप्पलदेखी झोलासम्म बनाएका छन् । सीप विकास तालिम पाएपछि महिलाहरुले गाईभैसीलाई खुवाइदै आएको मकैको खोसेलाबाट विभिन्न घरायसी सामग्रीहरु बनाएका हुन् । जसले जीविकोपार्जनमा टेवा पुगेको छ ।

    हलेसी तुवाचुङ नगरपालिकाले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मकैको खोसेलाको विभिन्न सामग्री निर्माण गर्ने एक महिने सीप विकास तालिम दिएपछि खोसेलाबाट झोला, डोरम्याट, चप्पल, ढाकी, टोपी, टि म्याट, फुलदानी, पिरा, डायनिङ म्याट, चकटी बनाउन सक्ने भएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले जानकारी दिनुभयो ।

    नगरपालिकाले २० माघबाट फागुन २० गतेसम्म च्यास्मिटारमा ३० जना महिलाहरुलाई सीप विकास तालिम दिएको थियो । तालिम पाएपछि अब स्थानीय महिलाहरु आफैले खोसेलाबाट विभिन्न सामग्री तयार गर्न सक्ने भएका छन् ।

    तालिम अवधिमा महिलाहरुले निर्माण गरेको मकैको खोसेलाबाट बनेका १२ हजार ६३० रुपैयाँ बराबरको सामग्रीहरु महिला उद्यमी महासंघकी केन्द्रीय अध्यक्ष देविका बुढाथोकीले खरीद गरिदिनु भएको छ । अबका दिनमा महिलाहरुले निर्माण गरेको मकैको खोसेलाका सामग्रीहरु विक्रीका लागि वजारीकरणको जिम्मा पनि बुढाथोकीले लिनुभएको उपप्रमुख राईले जानकारी बताउनुभयो ।

    महिलाहरुले बनाएको सामग्रीको मूल्य पनि निर्धारण गरिएको छ । उनीहरुले मकैको खोसेलाबाट बनाएको सामग्रीहरु चिनसम्म निर्यात हुने वातावरण बनेको छ । अब मकैको खोसेलाबाट आयआर्जन गर्ने सहभागी महिलाहरुले बताएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology