• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल-हलेसी-काठमाण्डौ पर्यटक बस सञ्चालन

दिक्तेल-हलेसी-काठमाण्डौ पर्यटक बस सञ्चालन


समायोजन खबर
  • सोमबार, फाल्गुन ३ २०७७

  • बसको उद्घाटन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल ।

    समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम दिक्तेलबाट हलेसी–काठमाण्डौ सिधा पर्यटक बस सेवा सुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको बृद्धि विकास गर्ने लक्ष्यले देश दर्शन बस सेवाले दैनिक पर्यटक बस सुरु गरेको हो ।

    सोमबार दिक्तेलस्थित होटल शुभदिनमा कार्यक्रमको आयोजना गरी पर्यटक बसको उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर पर्यटक बसको उद्घाटन गर्नुभयो ।नेपालका मुख्य–मुख्य स्थानहरुमा ३० वर्षदेखी सुविधा सम्पन्न पर्यटक बस सञ्चालन गर्दै आएकोमा १० औ गन्तब्य अन्तर्गत दिक्तेल–हलेसी–काठमाण्डौ पर्यटक बस सञ्चालन सुरु गरिएको देश दर्शन बस सेवाका अध्यक्ष तथा नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल ‐नाटा) का पूर्व अध्यक्ष सिएन पाण्डेले बताए । बसमा एयर कण्डिसन, आरामदायी सिट, यात्रु विमा, पर्यटकको सेवा दिने तालिमप्राप्त जनशक्ति छन् ।

    बसको टिकट अनलाईनबाट समेत लिने सकिने बताइएको छ । यातायात व्यवसायीले नयाँ बसहरु लगाउने भनेर उद्घाटन गर्ने तर केही दिनपछि हराउने प्रथा रहेको र त्यस प्रथालाई चिर्दै पर्यटक बसले निरन्तरता दिनुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।देश दर्शन बस सेवाका अध्यक्ष तथा नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल (नाटा) का पूर्व अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल ‐नाटा) का अध्यक्ष अच्युत गुरागाँई, उधोग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, होटल व्यवसायी संघका अध्यक्ष जेपी राई, खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङ लगायतको उपस्थिती थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology