महोत्तरी- निवार्चन आयोगका आयुक्त इला शर्माले निर्वाचन आचारसंहिताको पूर्ण पालन गरेर दुई नम्वर प्रदेशको स्थानीय तहको चुनावलाई नमुना चुनाव बनाउन आग्रह गरेकी छिन।
निर्वाचन आयोगले महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजना गरेको राजनीतिक दलसम्बद्ध युवाहरुको लागि निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त शर्माले तेस्रो चरणमा २ नम्वर प्रदेशमा हुन गई रहेको स्थानीय तहको चुनावमा निर्वाचन आंचारसंहिताको पूर्ण पालना गर्दै यस प्रदेशको स्थानीय तह चुनावलाई नमुना निर्वाचनको बनाउन आग्रह गरेकी छिन।
‘आंचारसंहिताको पालना गर्न गराउन राजनीतिक दलको ठूलो भूमिका हुन्छ ।’ शर्माले भनिन् ‘ निर्वाचन आंचारसंहिताले तोकेको परिधि भित्र रहेर चुनाव भए मात्र तेस्रो चरणको स्थानीय तहको चुनाव सफल भएको मानिन्छ।’असोज २ गते दुई नम्वर प्रदेशमा हुन गई रहेको निर्वाचन अवधिभर मदिरा र मदिरा जन्य सवै सामग्रीहरुको विक्री वितरणमा पूर्ण बन्देज लगाउन पर्ने र यसको लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन समेत दिइ सकेको उनले बताइन।
प्रचार प्रसारको क्रममा हात हतियार , भाला , धारिलो हतियार तथा घरेलु हतियार लिएर घुम्न नपाइने र अवैध हतियार लिएर घुम्नेलाई पक्राउ गरेर कानून अनुसार कारवाही हुने पनि उनले बताइन्।
साथै यस पटक हुन लागेको स्थानीय तहको चुनावमा महिलाको प्रतिनिधित्व प्रत्येक वडा बाट ४० प्रतिशत अनिवार्य गरेकोले महिला प्रतिनिधि वृद्धि हुनेमा विश्वास आयुक्त शर्माले व्यक्त गरिन । संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरेको बताउँदै झन राजनीतिक दलले निर्वाचन ऐन अनुसार ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन अनिवार्य गरेको उनले बताईन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology