• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप १४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

थप १४२ जनामा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु


समायोजन खबर
  • बुधबार, माघ २१ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप तीन हजार ५९७ को पिसिआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा पिसिआर परीक्षण गराउनेको सङ्ख्या २० लाख ८१ हजार ६९५ पुगेको छ ।

    मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६७ हजार ६५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर दुई हजार ३३५ सक्रिय सङ्क्रमित छन् । हाल ९५ सङ्क्रमित क्वारेन्टिनमा छन् । यस्तै ६१ सङ्क्रमित आइसीयुमा तथा १७ सङ्क्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा प्रदेश नं १ को ओखलढुङ्गमा एक, खोटाङमा दुई, झापामा चार र पाँचथरमा एक, प्रदेश नं २ को धनुषामा एक, बारामा एक र सर्लाहीमा एक, वाग्मती प्रदेशको काठमाडौँमा ४४, चितवनमा छ, नुवाकोटमा एक, भक्तपुरमा तीन, रसुवामा एक, रामेछापमा एक, ललितपुरमा आठ, सिन्धुपाल्चोकमा एक र सिन्धुलीमा एक, गण्डकी प्रदेशको कास्कीमा १३, नवलपरासीपूर्वमा एक, लमजुङमा चार, बागलुङमा तीन र स्याङ्जामा एक, लुम्बिनी प्रदेशको अर्घाखाँचीमा तीन, कपिलवस्तुमा तीन, गुल्मीमा एक, दाङमा छ, प्युठानमा एक, बर्दियामा दुई, बाँकेमा दुई र रुपन्देहीमा ३० तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा एक र कैलालीमा दुई जना रहेको मन्त्रालयले जनाएको छ ।

    कोरोनाबाट एकको मृत्यु

    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा एकको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology