समायोजन खबर खोटाङ, खोटाङको रावाबेसी गाउँपालिकाले अग्नी पिडित परिवारलाई राहत प्रदान गरेको छ । आईतबार भएको आगलागीमा घर जल्दा विस्थापित भएका रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानी धैरेनीटारका बुद्धि लम्सालको परिवारलाई गाउँपालिकाले एक थान त्रिपाल, ९० केजी चामल, ५ केजी नुन, ५ केजी दाल र १० लिटर तेल प्रदान गरेको हो । अग्नी पिडितलाई गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले सोमबार घरको भग्नावशेषमा पुगेर राहत प्रदान गरेका छन् ।
यस्तै, अग्नी पिडित परिवारलाई वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले पनि ६० केजी चामल, ५ केजी चिनी, ५ लिटर तेल, २ केजी दाल र ४ केजी नुन प्रदान गरेका छन् । छिमेकी गुणराज पाण्डेको कटेरोमा गाईवस्तुको खोले पकाउने क्रममा सल्किएको आगोले लम्सालको घर जलेको हो । आगलागीमा लम्सालको करिब १८ लाख ९२ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।
लम्सालको दुई/दुई तले दुई वटा घर, कटेरो तथा ३ लाख ५० हजार नगद, ३ तोला सुन, २१ मुरी धान, ७ मुरी मकै लगायत जलेको प्रहरीले जनाएको छ । आगो प्रहरीचौकी डुम्रेधारापानी र प्रहरीचोकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयको टोलीले ४।२५ बजे नियन्त्रणमा लिएको थियो । घर जलेपछि लम्साल परिवारका पाँच जनाको विचल्नी भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology