समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकामा एक दिने बृहत संस्कृती तथा परम्परा अध्ययन सम्बन्धी अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । गाउँपालिकाभित्र रहेका संस्कृतीमार्फत कसरी आयआर्जन गर्न सकिन्छ भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा बुधबार गाउँपालिकाको सभाहलमा तालिमको आयोजना गरिएको हो । तालिमको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले उद्घाटन गरेका थिए ।
गाउँपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी, सात वडाका वडाध्यक्ष र सातै वडाबाट आएका एक/एक जना प्रतिनिधिलाई तालिम दिइएको हो । तालिमको सहजीकरण नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष डा. भक्त साम्पाङ राई, शुभ मुकारुङ र उमेश राईले गरेका थिए ।
तालिममा गाउँपालिकाभित्रको संस्कृतीको वर्तमान अवस्था, संस्कृती कसरी संरक्षण गर्ने, किन संरक्षण गर्ने, संस्कृतीलाई कहाँकहाँ आयआर्जनसँग जोड्न सकिन्छ भन्ने विषय सिकाइएकोे थियो । तालिममा सहभागीलाई संस्कृती अध्ययनका लागि पाँच/पाँचवटा फरम्याट प्रदान गरिएको छ । उनीहरुले अब आ–आफ्नो स्थानमा संस्कृती तथा परम्परा अध्ययन गर्नेछ ।
संस्कृती र परम्परालाई पर्यटनसँग जोड्नका लागि केके गर्न सकिन्छ भनेर अध्ययन गरेर प्रतिवेदन तयार गरिने र त्यो प्रतिवेदनको आधारमा आगामी योजना बनाइने गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाभित्रका संस्कृती र परम्परा अध्ययन लागि गाउँपालिकाले तीन लाख बजेट छुट्याएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology