• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दलित र फरक क्षमताका विधार्थीलाई झोला वितरण

दलित र फरक क्षमताका विधार्थीलाई झोला वितरण


समायोजन खबर
  • बुधबार, माघ ७ २०७७

  • झोला वितरणपछि सामूहिक तस्विरमा गाउँपालिका उपाध्यक्ष सपना राई र विधार्थी ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दलित र फरक क्षमताका विधार्थीलार्ई झोला वितरण गरेको छ । पालिकासँग महिला कार्यक्रम अन्तरगत बतासेका पाँच विद्यालयमा अध्ययनरत दलित तथा फरक क्षमता भएका छात्र/छात्रालाई पुस्तक बोक्ने झोला वितरण गरेको हो ।

    मंगलबार वतासेस्थित जनता मावि भण्डारीडाँडाका ७० जना, राम्चे निकेतन मावि इजाराका २९ जना, पञ्चकौशिका मावि भण्डारेघाटका ५ जना, महेन्द्रतारा आधारभूत विद्यालय मुलाबारीका १५ जना, र सहकला प्राथमिक वालिङखाका ६ जना गरी १२५ जना दलित तथा फरक क्षमता भएका विधार्थीलार्ई झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    सोही माविमा अध्ययनरत छात्रालाई एक थान भलिबल, नेट र पम्प वितरण गरिएको छ । पुस्तक बोक्ने झोला तथा खेलकुदका सामग्री गाउँपालिका उपाध्यक्ष सपना राई, बतासेका वडाध्यक्ष लोकेन्द्र राई, कार्यपालिका सदस्य ज्ञानबहादुर माझी, शिक्षा शाखा संयोजक मनिकुमार गिरी लगायतले विधार्थीलाई हस्तान्तरण गरेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा पालिकासँग महिला कार्यक्रमका लागि विनियोजित ५० लाख बजेटबाट गाउँपालिकाले दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा छात्रालाई खेल सामग्री वितरण गरेको हो ।

    क्रमशः गाउँपालिकाभित्रका ४८ विद्यालयका कक्षा १ देखि ८ मा अध्ययनरत दलित र फरक क्षमता भएका विद्यार्थीलाई झोला तथा आधारभूत तह र मावि तहमा अध्ययनरत छात्रालाई खेल सामग्री वितरण गरिने गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले बताए ।

    गाउँपालिकाले डाँडागाउँस्थित विद्यालयमा भने यसअघि झोला र खेल सामग्री वितरण गरिसकेको छ । कोभिड–१९ का कारण गतवर्षको कार्यक्रम यस वर्ष सरेको गाउँपालिकाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology