• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम सफा हुन अझै केही दिन लाग्ने


समायोजन खबर
  • आइतबार, माघ ४ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ ।

    वर्षा हुनका लागि प्रयाप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन । गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ शुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन् ।

    हाल देशका प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology