• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन

फ्लड लाइटको मन्त्री कार्कीद्धारा अनुगमन


समायोजन खबर
  • मंगलबार, पौस २१ २०७७

  • समायोजन खबर खोटाङ, प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्नुभएको छ ।

    फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गर्नुभएको हो । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशन दिनुभयो । शहिद मैदानका चारकुनामा राखिएका मास्ट पोलको उहाँले अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री कार्कीले प्याराफिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताउनुभयो ।

    अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रकृयापनि शुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराउनु भएको थियो ।

    फ्लड लाइट जडानका लागि गतवर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनवीच सम्झौता भएको तियो । २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिए पनि कोरोनाका कारण जडान कार्यमा ढिलाई भएको कन्स्ट्रक्सनले जनाएको छ ।

    मन्त्रालयले फ्लड लाइट्स जडान कार्यका लागि कार्की बन्धु अमर जेभीसँग ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
    चार कुनामा रहेका प्रत्येक मास्ट पोलमा १ हजार वाटका २७ वटा बल्व हुने कार्की बन्धु अमर जेभीले जनाएको छ ।२०७७ पुस २१ गते साँझ ७ : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology