समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गरिएको थियो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।२०७७ पुस २१ गते साँझ ५ :२९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology