• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसले सबै वडामा विरोध गर्ने

कांग्रेसले सबै वडामा विरोध गर्ने


समायोजन खबर
  • आइतबार, पौस १९ २०७७

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ।फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा विविध कार्यक्रम गर्ने भएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकले लोकतान्त्रिक मूल्य र मान्यता प्रतिकूल हुनेगरी भएका कार्यविरुद्ध वडास्तरसम्म विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको हो ।

    बैठकले यही पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने, आगामी माघ ३ गते देशैभरका ७५३ पालिकामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो ।

    यसैगरी बैठकले माघ ८ गते देशैभरका ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ । उल्लेखित कार्यक्रमबाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्ने उहाँले बताउनुभयो । पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रमबाहेक अन्य विरोधका कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ ।

    बैठकले क्रियाशील सदस्यता विवरण बुझाउने मिति माघ मसान्तसम्म बैठकले पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यको समायोजन सम्बन्धमा प्रक्रियामा रहेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुङ्गो गरे बमोजिम पारित गरेको छ । यसैगरी बैठकले क्रियाशील सदस्यता विवरण तोकिए बमोजिमको सदस्यता शुल्कसहित बुझाउने अन्तिम मिति आगामी माघ मसान्त तोकेको छ ।

    सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र जीवनबहादुर शाहीले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव पेश गर्नुभएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २७ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।२०७७ पुस १९ गते राती ८ :१० मा प्रकाशित 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology