• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जानुका र निश्चलको ‘उभौली मेलामा’ सार्वजनिक

जानुका र निश्चलको ‘उभौली मेलामा’ सार्वजनिक


समायोजन खबर
  • शुक्रबार, पौस १७ २०७७

  • समायोजन खबर खोटाङ, ‘झम्के मायालु’ वोलको लोक आधुनिक गीतवाट जमेका जानुका राई र निश्चल राई फेरि‘उभौली मेलामा’ भेट भएका छन् । किराती मौलिक–साँस्कृतिक गीत गायनमा बढी खुल्ने जानुका र निश्चलको स्वर रहेको ‘उभौली मेला’ शीर्षकको गीति भिडियो उधौली चाड अर्थात पुष १५ गते सार्वजानिक भएको हो ।

    सुम्निमा कलेक्सन, ललितपुरले निर्माण गरेको साकेला वीटको उक्त गीतमा शब्द तथा संगीत स्वयम गायक निश्चलकै रहेको छ । किरात राई साँस्कृतिक चेतवाट मार्गनिर्देशित हुँदै सोही साँस्कृतिक अभियानमा क्रियाशील गायक÷गायिकाद्वयको उक्त गीतमा पनि किराती सौन्दर्यलाई नै उजागार गरिएको छ । गीतमा साकेला सिली नाच्ने क्रममा साटिने मायाँ, गरिने गीति बार्तालाप, मुन्धुमी संस्कृति आदि पक्ष समेटिएको सुम्निमा कलेक्सनको निर्देशक कपिल राईको भनाई छ ।

    कलाकारहरु उमेश राई(फुलन्देकी आमा), शेसुका राई, योगेन्द्र राई लगायतका कलाकारहरुको अभिनयले गीतलाई जीवन्त बनाएको किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय सचिव पदम थुलुङ राईको बुझाई छ ।

    विज्ञान राईद्वारा निर्देशित भिडियोमा सपन तामाङ र सागर किरातीले कोरियोग्राफ गरेका छन् । कलाकार योगेन्द्र आफ्नै सह–निर्देशनमा निर्माण गरिएको भिडियोलाई गायिका जानुका राईकै अफिसियल युट्युव च्यानल ‘जानुका राई अफिसियल’वाट सार्वजानिक गरिएको छ । २०७७ पुस १७ गते बिहान ९ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology