• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोभिडपछि हलेसीमा साँढे पाँच लाख बढी भेटी संकलन

कोभिडपछि हलेसीमा साँढे पाँच लाख बढी भेटी संकलन


समायोजन खबर
  • मंगलबार, पौस १४ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी मन्दिरमा महिना दिन नपुग्दै साँढे पाँच लाख बढी भेटी संकलन भएको छ । कोरोना भाइरसका कारण आठ महिनापछि खुलेको मन्दिरको विभिन्न स्थानहरुबाट ५ लाख ६४ हजार २९० रुपैयाँ भेटी संकलन भएको हो ।

    मंसिर १६ गतेदेखी पुस ८ गतेसम्ममा तीर्थालु भक्तजन र पर्यटकबाट शिव पार्वति थानमा ३ लाख ३० हजार ५९५, बसाहा गुफा दानपेटिकामा २९ हजार ६३५, गणेश मन्दिर दानपेटिकामा १४ हजार ७० रुपैयाँ संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले सूचना जारी गरेर जानकारी दिएको छ ।

    सूचना केन्द्र प्रमुख राईका अनुसार २०७७ चैत ६ गतेदेखी पुस ८ गतेसम्म मन्दिरको प्राङगणमा राखिएको दानपेटिकामा १ लाख ८९ हजार ९९० रुपयाँ भेटी संकलन भएको छ ।

    भारतीय पैसा ६५०, अमेरिकन डलर १, चाँदि १०६.५० ग्राम र सुन १.३०० ग्राम सुन तीर्थालु भक्तजन र पर्यटकले चढाएका छन् । कोरोनाका कारण गतवर्ष चैत ६ गतेदेखी पूजाआजाका लागि बन्द गरिएको मन्दिर मंसिर १६ गतेबाट स्वास्थ्य मापदण्ड बनाएर सर्वसाधरणका लागि खुल्ला गरिएको हो ।२०७७ पुस १४ गते बिहान ८ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology