समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा देशभर ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।
गत २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ८४ हजार १ सय ८१ पुगेको छ।
आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ।
हाल ४ सय १३ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।२०७७ पुस ७ गते दिउँसो ४ :५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology