• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए

प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए


समायोजन खबर
  • शनिबार, पौस ४ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ६० पुगेको छ ।

    प्रदेश १ मा आज ६५ जना संक्रमित थपिएका छन् । मोरंगमा २१, झापामा १९, सुनसरीमा १७, इलाममा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ।

    मोरंगको विराटनगरमा १२, सुन्दरहरैचामा ४, पथरीशनिश्चरेमा २, रतुवामाई, केराबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा ८, दमकमा ४, शिवसताक्षीमा ३, मेचीनगर, कचनकवल, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१, सुनसरीको धरानमा ८, इटहरीमा ६, इनरुवा, बराहक्षेत्र र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार २९५ पुगेको छ ।

    प्रदेश १ मा आज ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३ हजार ९५७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।२०७७ पुस ४ गते दिउँसो ४ :५२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology