• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शिलान्यास


समायोजन खबर
  • मंगलबार, मंसिर ३० २०७७

  • समायोजन खबर खोटाङ, प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको आज मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभयो ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । उहाँले प्रयोगशालाका नाममा हुने गरेका वेथिति, अनियमितता, सर्वसधारणलाई ठग्ने कार्यको नियमन हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाका काम गर्ने छ ।’

    सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टिकृत परीक्षणका लागि काठमाण्डौं र भारतका विभिन्न शहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताउनुभएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले भन्नुभयो,‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्नेछ ।’ शिलान्यासको ८ महिनापछि सेवा शुरु गरिने दावी गर्नुभयो । ६ महिना भित्रमा निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

    प्रदेश सभाषद् जयराम यादवले कुनैपनि परीक्षणका लागि काठमाण्डौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निश्चित समयमा भवन निर्माण गरि सेवा शुरु गर्न सुझाव दिनुभयो ।

    विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेश स्तरिय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रयोगशाला निर्माणका लागि आवस्यक सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो ।

    प्रयोगशालामा जेनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाईरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । सेभ द चिल्ड्रेन र ग्लोवल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।२०७७ मंसिर ३० गते दिउँसो २ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology