समायोजन खबर खोटाङ, खोटाङको रावाबेशी गाउँपालिकाले कृषक समुहहरुलाई कृषि र पशु विमा सम्बन्धी क्षमता विकास तालिम दिन थालेको छ । गाउँपालिकाले पालिकामा दर्ता भएका १२० वटा कृषक समुहका व्यवसायिक कृषिमा लागेका कृषकहरुलाई दुई दिने तालिम दिन थालेको हो ।
कृषि व्यवसाय गर्दा आइपर्ने जोखिमबाट बचाउनका लागि विमाले खेल्ने भुमिकाको वारेमा प्रयोगात्मक तथा शैद्धान्तिक रुपले मंगलबारदेखी क्षमता विकास सम्बन्धी तालिम दिन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
मंगलबार दुवेकोलका कृषक समुहका व्यवसायिक कृषिमा लागेका कृषकलाई दिइएको तालिम बुधबार सकिएको छ । त्यहाँ तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले गरेका थिए ।
तालिमको सहजीकरण गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राई र लुम्बिनी जनरल इन्स्योरेन्सका अभिकर्ता उद्धव वास्तोलाले गरिरहेका छन् । विहीबार कुभिण्डे र डुम्रेधारापानी तथा अन्य बाँकी तीन वडाहरुमा क्रमशः तालिम सञ्चालन गरिने कृषि शाखा संयोजक राईले बताए । तालिम पुसको ६ गते सम्पन्न हुनेछ ।
क्षमता विकास तालिमले किसानलाई कृषि तथा पुश विमा गर्न प्रेरित गर्ने गाउँपालिका अध्यक्ष निरौलाले बताए । विमा गर्ने कृषकहरुको कागजात रुजु गरेर गाउँपालिकाले २५ प्रतिशत अनुदान दिने अध्यक्ष निरौलाको भनाई छ ।२०७७ मंसिर २४ गते साँझ ७ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology