समायोजन खबर खोटाङ, नेपालमा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि शनिबार १० जना संक्रमितको मृत्यु भएको थियो। आइतबार १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्यासहित कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । कुल संक्रमितमध्ये १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन् ।२०७७ मंसिर २१ गते राती ८ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology