समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२ महिलासहित ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा झापामा ४४, सुनसरीमा २८, मोरङमा आठ, विराटनगरमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा चार, ताप्लेजुङमा एक र प्रदेश बाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा १६८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्ममा २२ हजार ८९९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।
यसप्रदेशमा आज ४९२ जनासहित अहिलेसम्ममा कूल एक लाख ९५ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको भइसकेको छ भने हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।२०७७ मंसिर २० गते साँझ ६ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology