समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषकलाई बीउबिजन तथा कृषि सामग्री वितरण गरेकोे छ । सुख्खा क्षेत्रका कृषकहरुको जीविकोपार्जनका लागि बीउबिजन तथा कृषि सामग्री वितरण गरेको हो ।
नगरपालिकाको विशेष अनुरोधमा एसडिसिको दुई करोड ४४ लाख वरावरको आर्थिक सहयोग तथा कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजिकरणमा २६ कार्तिकबाट अर्खौलेदेखी वितरण थालिएको कार्यक्रम अन्तर्गत शनिबार धितुङका ३४५ कृषकलाई बीउबिजन तथा सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कृषकहरुलाई हिलटेक, प्लाष्टिक टनेल, सिड स्प्रे, हजारी र बीउबिजन वितरण गरिएको छ । त्यहाँका कृषकहरुलाई नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई, वडाध्यक्ष लगायतले वितरण गरेका थिए । नगरपालिकाले ४ हजार ५३ घरपरिवारलाई बीउबिजन र कृषि सामगी वितरण गर्ने जनाएको छ ।
यो पनि पढ्नुहोस,कृषकलाई बीउबिजन र कृषि सामग्री
२०७७ मंसिर ६ गते साँझ ५ :४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology