समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर मृत्यु हुने संक्रमितको संख्या १ हजार ७० पुगेको छ । यस्तै,२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३३८ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा १ हजार ३० ललितपुरमा १८७ र भक्तपुरमा १२१ जनालाई कोरोना संक्रमण देखिएको छ ।२०७७ कार्तिक २१ गते साँझ ७ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology