समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकालाई प्रदेश सरकारले दमकल र प्रहरी भ्यान प्रदान गरेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकालाई एक वटा बारुणयन्त्र (दमकल) र एक वटा प्रहरी भ्यान प्रदान गरेको हो ।
बिहिबार बिराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाँवी हस्तान्तरण गरेका छन् । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले केही समयपछि एउटा एम्बूलेन्स पनि प्रदान गर्ने जनाइएको छ ।
प्रदेश सरकारले उपलव्ध गराएको दमकल आगलागीका समयमा अग्नी नियन्त्रणका लागि उपयोगी हुने गाउँपालिका अध्यक्ष राईले बताए । यस्तै, बिरामीलाई अस्पतालसम्म पु¥याएर ज्यान बचाउनका लागि एम्बूलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ ।आवश्यक परेको समयमा प्रयोग गर्नेगरी प्राप्त भएको दमकल र भ्यान ईलाका प्रहरी कार्यालय खोटाङबजारमा राखिनेछ ।
प्रदेश सरकारले उपलव्ध गराएको दमकल र प्रहरी भ्यान लिनका लागि गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायत बिराटनगर पुगेका थिए ।२०७७ असोज २९ गते राती ८ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology