• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनसेवा समाजको २९ औं साधारणसभा सम्पन्न

जनसेवा समाजको २९ औं साधारणसभा सम्पन्न


समायोजन खबर
  • शुक्रबार, असोज २३ २०७७

  • समायोजन खबर खोटाङ, जनसेवा समाज नेपाल जालपा खोटाङको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बौद्धिक पलायन रोकेर गाउँको विकास र परिवर्तन गर्ने लक्ष्यकासाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका युवाको पहलमा २०४८ सालमा स्थापना गरिएको जनसेवा समाजको बिहिबार वार्षिक साधारणसभा गरिएको हो ।

    विगतमा साधारणसभाको अवशरमा विभिन्न कार्यक्रम गर्दै आएको जनसेवाले यसपल्ट कोभिड–१९ को कारण प्रगती प्रतिबेदन, आर्थिक प्रतिबेदन, भावी कार्यदिशा लगायतका बारेमा छलफल गर्दै साधारणसभा गरेको छ ।
    जालपामा भएको साधारणसभा गैर–सरकारी संस्था महासंघ खोटाङका संस्थापक अध्यक्ष एबं जालपाका वडाध्यक्ष बिकास राईको प्रमुख आतिथ्यता, गैर–सरकारी संस्था महासंघका जिल्ला सचिव युवराज रिजालको विशेष आतिथ्यता, जनसेवाका संस्थापक अध्यक्ष जयश्वर राई लगायतको आतिथ्यतामा उद्घाटन गरिएको थियो ।

    जनसेवाको बन्दसत्रमा जनसेवा समाजका अध्यक्ष दानबहादुर राईले वार्षिक प्रगती प्रतिबेदन, कोषाध्यक्ष भानु राईले आर्थिक प्रतिबेदन र कार्यकारी निर्देशक ध्रुब श्रेष्ठले संस्थाको भावी कार्यदिशा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साधारणसभामा ‘गाउँको विकासका लागि बौद्धिक पलायनतालाई रोक्नु पर्ने’मा चर्चा गरिएको छ । कार्यक्रममा उठेका विषयवस्तुका बारेमा पत्रकार भीम राईले टिप्पणी गरेका थिए । २०७७ असोज २३ गते बिहान ८ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology