• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वर्षाका कारण घरबार बिहिन भएकी एकल महिलालाई गाउँपालिकाले दियो राहत

वर्षाका कारण घरबार बिहिन भएकी एकल महिलालाई गाउँपालिकाले दियो राहत


समायोजन खबर
  • बिहिबार, असोज १५ २०७७

  • राहत हस्तान्तरण गरिदै ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अविरल वर्षातका कारण घरबार बिहिन भएकी एकल महिलालाई राहत प्रदान गरेको छ । वर्षातका कारण घर पूर्णरुपमा क्षति पुगेर बिचल्लीमा परेकी छोरम्बुका दहल कुमारी राईलाई राहत प्रदान गरेको हो ।

    असोज ४ गतेदेखी ७ गतेसम्म परेको अविरल वर्षाका कारण घरमा बस्नै नमिल्ने भएपछि आफन्त कहाँ आश्रय लिएर बसेकी एकल महिलालाई बिहीबार नगद ३० हजार राहत प्रदान गरिएको गाउँपालिकाका कम्प्युटर अपरेटर मणिचन्द्र राईले जानकारी दिए । राहत गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले दहल कुमारीको क्षति भएको घरैमा पुगेर हस्तान्तरण गरेका छन् ।

    दहल कुमारीको घर डिलमा रहेछ । अविरल वर्षाका कारण घर लच्केर भत्किन लागेको पाईयो गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, ‘आफ्नो घरमा बस्न नमिल्ने भएपछि देवरको घरमा आश्रय लिएर बस्नु भएको उहाँलाई मल्हमपट्टी होस भन्ने उद्देश्यले राहत दिएका हौ ।’

    उनको एक छोरी विवाह गरी गएको र श्रीमानको निधन भईसकेको छ । राहत वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहाल, वडाध्यक्ष ईन्द्र बहादुर बस्नेत, कार्यपालिका सदस्य सिता राई, वडा सदस्य तुलस कुमार राई, सुरक्षा निकाय प्रमुख नगेन्द्र बुढाथोकी लगायतको उपस्थिती थियो ।२०७७ असोज १५ गते राती ९ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology