• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता

कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता


समायोजन खबर
  • बुधबार, असोज १४ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, कर्णाली प्रदेशमा आज थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५५ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई गरी ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना पुष्टि भएकाहरुमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका पाँच, दैलेख र जुम्लाका दुईदुई, मुगुका एक र प्रदेश बाहिरका एक जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंँडेलले जानकारी दिनुभयो ।

    सबै क्षेत्रमा कार्यरत व्यक्ति सङ्क्रमित रहेको जनाउँदै अधिकृत कँडेलले आज थपिएका ५७ व्यक्ति गरेर हाल कर्णालीमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ५५१ पुगेको बताउनुभयो । हाल ५२९ जना आइसोलेशनमा छन् । त्यस्तै आज ३४ व्यक्ति डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ९३९ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।२०७७ असोज १४ गते राती ८ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology