• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुम्भ घर, जिविकोपार्जनमा सहयोग

कुम्भ घर, जिविकोपार्जनमा सहयोग


समायोजन खबर
  • शनिबार, असोज ३ २०७७

  • त्रि–धार्मिकस्थल हलेसी मन्दिर परिसरमा हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको कुम्भ घर । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी मन्दिर परिसरमा २० वटा कुम्भ घर बनाइ दिएपछि स्थानीयहरुले रोजगारी पाएका छन् ।

    सो नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा १५ लाख बजेट, १ लाख ४ हजार ५६४ रुपैयाँ श्रमदानमा २० वटा कुम्भ घर निर्माण गरिदिएको हो ।
    कुम्भ घर बनेपछि त्यस आसपासका स्थानीयले बत्ती बेचेर तथा बालेर रोजगारी पाएका छन् । कुम्भ घरमा बौद्ध धर्ममा आस्था राख्नेहरुले शान्तीका लागि दीप प्रज्ज्वलन गर्ने गर्दछ ।

    हलेसीमा बौद्धमार्गीहरु धेरैको संख्यामा आउने गर्दछ । बौद्धमार्गीहरु हलेसी आएपछि अनिवार्य शान्तीका लागि बत्ती बाल्ने गरेका छन् ।
    व्यवस्थित कुम्भ घरहरु नहुँदा बौद्धमार्गीहरुले भने अनुसार जथाभावी पाल टाँगेर स्थानीयहरुले बत्ती बालिदिने गर्दथ्यो । जसका कारण मन्दिर परिसरमा प्रदुषण बढ्ने गर्दथ्यो । प्राकृतिक सौन्दर्यनै खराब भइसकेको थियो ।

    हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले भन्नुभयो, “नगरपालिकाले व्यवस्थित कुम्भ घर बनाइदिएपछि वातावरणमा समेत असर नपुग्ने, शान्तीका लागि बत्ती बाल्नलाई पनि बौद्धमार्गीहरु यत्रतत्र घुम्नु नपर्ने भएको छ ।”
    कुम्भ घरको व्यवस्थापन र बत्ती बाल्ने स्थानीय जनशक्ति परिचालन भने नगरले स्थापना गरेको सूचना केन्द्रले गर्दै आएको छ ।२०७७ असोज ३ गते दिउँसो २ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology