• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटेहाङमा कोरोना रोकथाममा ३२ लाख ५३ हजार खर्च

खोटेहाङमा कोरोना रोकथाममा ३२ लाख ५३ हजार खर्च


समायोजन खबर
  • शनिबार, भाद्र २७ २०७७

  • खोटेहाङ गाउँपालिकाको नयाँ भवन ।  तस्विर सौजन्य : ईन्द्र नारथुङेको फेसबुक ।

    समायोजन खबर खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा ३२ लाखबढी खर्च गरेको छ । नेपालमा कोरोना भाइरसको महामारी भित्रिएसँगै त्यसबाट बच्न र बचाउन ३२ लाख ५३ हजार ११९ रुपैयाँ खर्च गरेको हो ।

    गाउँपालिकाकोे ‘कोभिड–१९ विपद् व्यबस्थापन कोष’मा ३९ लाख ३ हजार ६० रुपैयाँमा जम्मा भएको गाउँपालिकाले जनाएको छ ।
    गाउँपालिकाकोे ‘कोभिड–१९ विपद् व्यबस्थापन कोषमा प्रकोप व्यवस्थापन कोषबाट अल्या रकम १८ लाख, गाउँपालिकाबाट बिनियोजित ७ लाख, प्रदेश सरकारबाट अनुदान स्वरुप ५ लाख, पदाधिकारीको पारिश्रमिकबाट कट्टी गरी ५ लाख ७६ हजार, खोटेहाङ गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षकको तलब भत्ताबाट कट्टी गरी ३ लाख ४१ हजार ४६० र स्थानीय बासिन्दाबाट सहयोग स्वरुप १२ हजार ६ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

    जम्मा भएको रकममध्ये कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि औषधिजन्य सामग्री र राहत सामग्री खरीदमा ७ लाख ९३ हजार ७७६ रुपैयाँ, विपत्तिमा परेकालाई आर्थिक सहायतामा १ लाख ७६ हजार र विपत व्यवस्थापन (क्वारेन्टिन लगायत अन्य)मा २२ लाख ८३ हजार ३४२ रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद भट्टराईले बताए । अधिकृत भट्टराईका अनुसार ६ लाख ७६ हजार ९४१ रुपैयाँ बजेट मौज्दात रहेको छ ।

    नौ वडा रहेको यस खोटेहाङ गाउँपालिकामा हालसम्म संक्रमित भेटिएको छैन । यसैवीच, रावाबेंशी गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा २३ लाख ५२ हजार, ऐंसेलुखर्क गाउँपालिकाले ४४ लाख ६ हजार ९९२ रुपैयाँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भदौ २ गतेसम्म ७३ लाख ३५ हजार खर्च गरेको छ ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा अन्य स्थानीय तह आफैले जानेर भने कोरोना रोकथाममा के कती खर्च भयो अझै सार्वजनिक गरेका छैनन् । यसबारेमा बुझ्दा सार्वजनिक गर्ने तयारी भइरहेको सम्बन्धित गाउँपालिकाले प्रतिक्रिया दिएका छन् ।२०७७ भदौ २७ गते दिउसो २ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology