• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङमा नेकपालाई झट्का,१२१ बढी कांग्रेसमा प्रवेश

दिप्रुङमा नेकपालाई झट्का,१२१ बढी कांग्रेसमा प्रवेश


समायोजन खबर
  • बुधबार, भाद्र २४ २०७७

  • कांग्रेस प्रवेश गरेकाहरु सामूहिक तस्विरमा ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १२१ जना बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आफ्नो मातृ पार्टी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

    १०७ औं वीपी जयन्तीको अवसरमा बुधबार नेपाली कांग्रेस दिपु्रङ चुइचुम्मा गाउँपालिकाले कौशलराज रेग्मी–जय बहादुर राई स्मृती पुस्तकालय परिसरमा आयोजना गरेको पालिका स्तरीय कार्यक्रममा नेकपा पूर्व गाविस अध्यक्ष, प्रदेश कमिटि सल्लाहाकार, गाउँ कमिटी उपाध्यक्ष, क्रान्तिकारी माओवादी जिल्ला कार्य समिति सदस्य तथा युवा लिग नेपाल खोटाङका जिल्ला अध्यक्षसहितका जिम्मेवार कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दिपु्रङ चुइचुम्माले जनाएको छ ।
    कांग्रेस प्रवेश गर्नेमा २०५४ सालको गाविस अध्यक्ष, ०६५ सालमा युवा संघको जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी सल्लाहकार सदस्य ज्ञानेन्द्र राई, जिल्ला कमिटीको संगठन विभाग सदस्य तथा नेकपा गाउँ कमिटि उपाध्यक्ष दिपक विश्वकर्मा, क्रान्तिकारी माओवादी जिल्ला कार्य समिति सदस्य तथा युवा लिग नेपाल खोटाङका जिल्ला अध्यक्ष जिवन श्रेष्ठ लगायत १२१ जना बढी नेपाली कांग्रेसमा प्रवेश गरेको गाउँ पार्टी सभापति लक्ष्मी थापाले बताए ।

    नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेसका युवा नेता, महाधिबेशन प्रतिनिधि भुपेन्द्र राई, जिल्ला कार्य समिति सदस्य शरण राई, बसन्त राई, ललिता राउत, तरुण दल जिल्ला सचिव कविन राई लगायतले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रम गाउँ पार्टी सभापति लक्ष्मी थापाको अध्यक्षतामा भएको थियो । गाउँ नै उल्टिएर कांग्रेसमा आएपछि नेकपालाई अहिलेसम्मकै ठूलो झट्का प्रहार भएको कांग्रेसका युवा नेता तथा महाधिबेशन प्रतिनिधि भुपेन्द्र राईले बताए ।२०७७ भदौ २४ गते राती ९ : १३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology