• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनालाई जितेर फर्किए ६ प्रहरी

कोरोनालाई जितेर फर्किए ६ प्रहरी


समायोजन खबर
  • बिहिबार, भाद्र ११ २०७७

  • कोरोनालाई जितेर फर्कर्दै प्रहरी जवान ।फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,कोरोना भाइरस संक्रमण भएर आइसोलेसनमा बसेका छ जना प्रहरी जवान डिस्चार्ज भएका छन् । संक्रमण भएपछि साउन ३१ गतेबाट जिल्ला अस्पताल खोटाङको आईसोलेसन सेन्टरमा बसेका उनीहरु बिहिबार डिस्चार्ज भएका हुन् ।
    कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका प्रहरी जवानको दोश्रो पटक पिसीआर परिक्षणका लागि भदौ ९ गते स्वाव पठाइएकोमा त्यसको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत शैलेस श्रेष्ठले जानकारी दिए ।

    उनीहरुलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमोरिया, जिल्ला अस्पतालका प्रमुख रबिन कुमार फुयाँल, मेडिकल अधिकृत श्रेष्ठलगायतले आईसोलेसन सेन्टरबाट विदाई गरेका छन् ।

    प्रहरी जवानहरु कोरोना संक्रमणमुक्त भए पनि हप्तादिन आफ्नै क्वारेन्टिनमा राखेर मात्रै नियमित ड्युटीमा खटाईने प्रहरी नायब उपरिक्षक चिमोरियाले बताए । संक्रमित जवानहरु साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका थिए ।

    ६ जना संक्रमित प्रहरी जवान डिस्चार्ज भएसँगै जिल्लामा कोरोनालाई जितेर फर्कनेको संख्या १८ पुगेको छ । यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
    यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ जना र साउन २३ गते बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका अर्का १ जना कोरोना संक्रमित प्रहरी जवान उपचाररत छन् ।२०७७ भदौ ११ गते दिउँसो ४ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology