समायोजन खबर खोटाङ, जिल्ला अस्पताल खोटाङबाट रेफर गरिएको विरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भदौ ४ गते काठमाण्डौ रेफर गरेको विरामीमा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला अस्पताल श्रोतले जनाएको छ ।
रेफर गरिएको विरामीको पाटन अस्पतालमा स्वाव संकलन गरी परिक्षण गर्दा कोरोना संक्रमण देखिएको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले बताए । संक्रमित महिला रहेकी छन् ।
उनको बारेमा अन्य डिटेल्स खोज्ने काम भइरहेको डाक्टर श्रेष्ठले बताए । संक्रमितको क्लोज कन्ट्याकमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङ गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
यसैविच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला अस्पतालबाट रेफर गरिएका उनीसहित खोटाङका चार जनामा कोराना संक्रमण भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अन्तर्गत सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले खोटाङका चार जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
रेफर गरिएका बाहेक अन्य तीनजना खोटाङ ठेगाना राखेर काठमाण्डौमा स्वाव दिएर परिक्षण गरिएको हुनसक्ने प्रजिअ पौडेलले बताए । पछिल्लो समयमा जिल्लाबाट पठाएको ८५ जनाको स्वाव मध्येमा ८३ जनाको पिसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको रिपोर्ट आउँन बाँकी छ ।२०७७ भदौ ८ गते राती ८ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology