चिसाङ शेर्पा खोटाङ, जिल्ला अस्पताल खोटाङमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा चरम समस्या छ । पहाडी जिल्लाको अस्पतालमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति नहुँदा अस्पताल सञ्चालन तथा व्यस्थापनमा समस्यै समस्या छ ।
१५ बेड क्षमताको जिल्ला अस्पतालमा ३२ जना स्थायी कर्मचारीको दरबन्दी भए पनि स्थायी ८ जना कर्मचारी र अन्य करारका कर्मचारीले जसोतसो सेवा प्रवाह गर्नुपर्दा समस्या छ । जसका कारण प्रशासनिक, प्राविधिक समस्या र आर्थिक भार बढिरहेको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
अस्पतालमा बिशेषगरी प्रशासनिक समस्या छ । कर्मचारी दरबन्दी अनुसार पदपूर्ति नहुँदा समस्या नै समस्या छ । हामीले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिबाट आर्थिक भार व्यर्होनेगरी करारका कर्मचारी राखेर अस्पताल सञ्चालन गर्ने प्रयास गरेका छौ । यसमा माथिल्लो निकायको ध्यानाकर्षण हुन आवश्यक छ । जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयलले भने, ‘हामीसँग भौतिक संरचनाको पनि समस्या छ, धेरै पूरानो भौतिक संरचनामा बसेर आधुनिक सेवा प्रवाह गर्न अप्ठ्यारो स्थिती छ । योक्षेत्र प्राविधिक संरचना भएकाले प्राविधिकहरुलाई ध्यान दिएर विशेषज्ञ चिकित्सकहरुको उचित व्यवस्थालाई सुनिश्चतता नदिएसम्म चाहेजस्तो सेवा दिन सकिन्दैन ।’
भौतिक पूर्वाधारले जिर्ण अस्पतालमा विरामी आउँदा इन्डोर अथवा आकस्मिक कक्षमा महिला पुरुषलाई एकै स्थानमा राखेर उपचार गरेका दृश्यले असहज लाग्ने गरेको नेपाली कांग्रेस जिल्ला कार्य समिति खोटाङका सदस्य डिल्लीकुमारी आचार्यले बताईन् । दरबन्दी भएका कर्मचारी राज्यले व्यवस्था नगर्दा कर्मचारीमा भार पर्ने गरेको छ । कर्मचारी नहुँदा छिटोछरितो सेवा सेवाग्राहीले नपाउने समस्या यथावत रहने भएकोले व्यवस्थापन समिति र प्रदेश सरकारले यथासके ध्यान पु¥याउनुपर्छ भन्ने हाम्रो अपेक्षा छ । आचार्यले भनिन् ।
हामी आफैले सक्ने आफ्नै श्रोत र साधनलाई अधिकतम प्रयोग गर्छौ । हामीबाट संम्भव नभएको श्रोत साधनका लागि प्रदेश र संघीय सरकारलाई अनुरोध गछौ । त्यसरी हामी समस्या समाधान गरिने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । जनशक्ति नभएको अवस्था छ । एकजना एमडीजीपी डाक्टर हुनुहुन्छ । उहाँ पनि कार्यकाल सकेर जादै हुनुहुन्छ । अध्यक्ष राईले भने, ‘तर पनि त्यो जनशक्ति प्राप्तीका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गर्छौ । त्यही गर्ने योजना बनाईरहेका छौ ।’
बर्षौदेखी स्थायी कर्मचारीको अभाव झेल्दै र करारका कर्मचारीबाट सेवा दिंदै आएको अस्पतालमा अहिले अहेव २ जना, सिअनमी २ जना, प्रशासन अधिकृत १ जना, ल्याब असिस्टेन्ट १ जना, एक्सरे रुममा १ जना र स्टाफ नर्स १ जना मात्रै स्थायी कर्मचारी छन् । ४१ जना करारका कर्मचारी छन् । ठूलो संख्यामा करारका कर्मचारी राख्दा सरकारलाई त्यतिकै आर्थिक भार पर्ने गरेको छ ।
आर्थिकस्तर कम भएकाले सेवा लिंदै आएको अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति गराएर तल्लो तहका जनतालाई स्वास्थ्य सेवा दिनमा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति र माथिल्लो निकायले गम्भीर भएर सोच्नुपर्ने देखिएको छ । अन्यथा सानो–सानो स्वास्थ्य समस्या हुँदा पनि जिल्ला बाहिर गएर उपचार गराउनुपर्ने जिल्लावासीको बाध्यता कहिल्यै हट्ने छैन ।२०७७ भदौ ४ गते बिहान ९ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology