समायोजन खबर खोटाङ, जनता समाजवादी पार्टीका क्रियाशिल कार्यकर्ता र सामाजिक अभियान्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेमा जनता समाजवादी पार्टीका क्रियाशिल सदस्य तथा जसपाका विधार्थी केन्द्रीय सदस्य लाल बहादुर मगर र सामाजिक अभियान्ता तथा शैक्षिक व्यक्तित्व संयोग राई छन् ।
उनीहरुलाई सोमबार वीपी स्मृती भवन दिक्तेलमा नेपाली कांग्रेसका पार्टी सभापति नरेशकुमार श्रेष्ठले पार्टीको झण्डा हस्तान्तरण गरेर स्वागत गरेको नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव ईच्छु राणाले जानकारी दिए ।
मगर नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद खोटाङका सह–सचिव, नेपाल मगर संघ विधार्थीका जिल्ला अध्यक्ष, पर्यटन संरक्षण तथा सम्वद्र्धन समिति खोटाङका सचिव हुन् ।
कार्यक्रममा पार्टी सभापति श्रेष्ठ, जिल्ला सचिव राणा, जिल्ला कार्य समिति सदस्य प्रकाश कुमार श्रेष्ठ, क्षेत्र नं. २ का क्षेत्रिय सभापति तीर्थराज भट्टराई, नेपाल तरुण दल जिल्ला कार्य समितिका उपाध्यक्ष सन्जय कुमार राई, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजु, नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ प्रदेश नं. १ का सदस्य गोमा राई लगायतको उपस्थिती थियो ।२०७७ भदौ १ गते राती ८ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology