कविकिरण न्यौपाने,नागोया,२२ असार ।
जापानमा नेपालीले फेरी सुपरमार्केट खोलेका छन् । नागोयास्थित आस्था कु रोकुवान्चुमा एभरेष्ट सुपर नामक सुपरमार्केटको जुलाई ७वाट औपचारिक संचालनमा आउने भएको छ ।यसअघि पनि नागोयाकै ओबुमा पनि नेपालीकै सामिका ग्रुपले सुपरमार्केट संचालनमा ल्याएको थियो ।

अहिले संचालनमा आएको सुपरमार्केट भने एभरेष्ट इन्टरनेशनल कम्पनी ग्रुपले संचालनमा ल्याएको हो । उक्त सुपरमार्केटका प्रवन्ध निर्देशक निमा लामाका अनुसार करिव १२ करोडको लगानीमा उक्त सुपरमार्केट स्थापना गरिएको हो । लामाका अनुसार ६ महिना भित्र फेरी अर्को सुपरमार्केट स्थापना गरिने छ भने २०२० को जापानमा हुने ओलम्पिक सम्ममा ६ वटा सुपरमार्केट स्थापना गरिने लक्ष्य रहेको छ।उक्त सुपरमार्केटमा सवै प्रकारका खाध्य सामाग्री साथै कस्मेटिक सामानहरू रहेका छन् । साथै फ्रेस भेजिटेवलको छुट्टै डिपो रहेको छ । जहा उपभोक्ताहरूको लागी खुद्रा एवं थोक सामानहरू खरिद गर्न सक्ने व्यवस्था मिलाईएको छ l
सो सुपरमार्केटमा अर्गानिक भेजिटेवल ,चामल एवं खाद्यन्य समेत उपभोक्ताहरुले खरिद गर्न सक्ने छन् । उक्त सुपरमार्केटमा हाल १६ जना कर्मचारी रहेका छन् । जसमध्ये ५०% कामदार नेपाली रहने सो सुपरमार्केटका कार्यकारी निर्देशक दिलिप रानामगरले वताउनु भयो। हाल जापानमा नेपालीहरुले अत्याधिक रुपमा नेपाली इन्डियन रेष्टुरेन्ट संचालनमा ल्याएका कारण तिव्र प्रतिस्प्रधा भएको र रेष्टूरेन्ट व्यवसाय वाहेक अन्य विकल्प सोच्न पर्ने जानकारहरु वताउँछन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology