समायोजन खबर खोटाङ, खोटाङमा ९४६ जनाको पीसीआर परिक्षण गरिएको छ । दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा कोरोना महामारीको संक्रमण सुरु भएयता फरक–फरक समयमा पीसीआर परिक्षण गरिएको हो ।
हालसम्म ९४६ जनाको पीसीआर परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको र सबैजना उपचारपछि फरक–फरक समयमा घर फर्केको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले जानकारी दिए । संक्रमितमध्ये दुई जनालाई अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गरी निको पारेर घर पठाइएको छ । अन्य संक्रमितलाई धरान र विराटनगरमा उपचारमा पठाएर निको पारिएको डाक्टर श्रेष्ठले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको थियो । भर्खरै १५१ जनाको स्वाव संकलन गरेर पीसीआर परिक्षण गर्न पठाइएको छ ।
अहिलेसम्मको स्थितीमा जिल्ला संक्रमणमुक्त जिल्ला भएको छ । यस्तै, कोरोना महामारीको क्रममा जिल्लाभर ८ हजार परिवारलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।२०७७ साउन २५ गते अपरान्ह ४ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology