चिसाङ शेर्पा खोटाङ, स्वास्थ्य कार्यालय खोटाङले ज्येष्ठ नागरिकहरुलाई न्यानो ज्याकेट र स्वास्थ्य सामग्री सहयोग गरेको छ । दिक्तेलस्थित ज्येष्ठ नागरिक जिल्ला संघको कार्यालयमा शनिबार एक कार्यक्रमकावीच ज्येष्ठ नागरिकहरुको सम्मानस्वरुप ज्याकेट र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ को स्वास्थ्य निर्देशनालय धनकुटाबाट आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख रकम प्राप्त भई खरीद गरिएको २ सय थान ज्याकेट वितरण गरिएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । स्वास्थ्यले ज्याकेटसँगै कोरोना महामारीबाट सर्तकता अपनाउन ज्येष्ठ नागरिकहरुलाई माक्स र ग्लोब्स पनि सहयोग गरेको छ ।
ज्याकेट र स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देलले ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा घिमिरेलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरणपछि ज्येष्ठ नागरिकहरुलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले ज्याकेट लगाईदिएर सम्मान गरेका छन् ।
यस्तै, ज्येष्ठ नागरिक जिल्ला संघलाई स्वास्थ्य कार्यालयले १ लाख अनुदान पनि दिएको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताए । प्राप्त भएको २ सय थान ज्याकेट पहिलो चरणमा मापदण्ड बनाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रको १५ वडाका २/२ जना ज्येष्ठ नागरिकलाई वितरण गरिने ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा घिमिरेले बताए । बाँकी रहेका ज्याकेट ज्येष्ठ नागरिकको हरेक कार्यक्रममा सहभागि हुने र ज्याकेट पाउँदा धेरै राहत महशुष गर्ने ज्येष्ठ नागरिकलाई दिईने घिमिरेले बताए । माक्स भने कार्यक्रममा सहभागि ज्येष्ठ नागरिकलाई वितरण गरिएको थियो ।
२०७० सालमा स्थापना भएको ज्येष्ठ नागरिक जिल्ला संघमा ५ सय बढी ज्येष्ठ नागरिक आवद्ध छन् । दिक्तेलस्थित हुलाक कार्यालय नजिक आफ्नो कार्यालय स्थापना गरेको संघले ज्येष्ठ नागरिकलाई राज्यले तोकेको सेवा सुविधा दिलाउने विषयमा सम्बन्धित निकाय मौन देखिएको बताउदै आएको छ । ती सेवा सुविधाबाट ज्येष्ठ नागरिकलाई बञ्चित गराइँदा ज्येष्ठ नागरिकहरुले दुःख पाएको उनीहरुको गुनासो छ । २०७७ साउन २४ गते अपरान्ह ३ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology