• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतककोे सङ्ख्या ५६ पुग्यो

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतककोे सङ्ख्या ५६ पुग्यो


समायोजन खबर
  • शुक्रबार, साउन १६ २०७७

  • साँकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  पर्साको वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यस्तै वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का पुरुषको बिहीबार राति ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

    यसैगरी, वीरगञ्ज महानगरपालिका २ को छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।मृतक चारै जना पर्साका हुन् ।नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ पुगेको छ ।२०७७ साउन १६ गते साँझ ६ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology