समायोजन खबर खोटाङ, इलामका एक सुरक्षाकर्मी र एक सरसफाइमा कार्यरत कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको । इलाम नगरपालिकाको जिल्ला समन्वय समिति इलामको भवनमा बनाइएको क्वरेण्टीनमा खटिएका दुई कर्मचारीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरुको गएको साउन २ गते स्वाब सङ्कलन गरिएको थियो । ४० जनाको स्वाब सङ्कलन गरिएकोमा दुई जनाको रिर्पोट पोजिटिभ आएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना पुष्टि भएका एक व्यक्ति क्वरेण्टीनबाहिर पसलसम्म पुगेको कन्ट्याक्ट ट्रेसिङ भएपछि पसलका चार व्यक्तिलाई समेत क्वरेण्टीनमा राखिएको छ । ३३ र ३७ वर्षका सङ्क्रमितलाई उपचारको लागि कोरोना अस्पताल मोरङको गोठगाउँ लगिएको छ । योसँगै इलाममा सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ सङ्क्रमितमध्ये २२ जना पुरुष र चार जना महिला रहेका छन्, जसमध्ये १२ जना उपचारपछि घर फर्किएका छन् ।२०७७ साउन ६ गते राती ८ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology