• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश नं १ मा ८२ प्रतिशत रोपाइँ

प्रदेश नं १ मा ८२ प्रतिशत रोपाइँ


समायोजन खबर
  • मंगलबार, साउन ६ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश नं १ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।  कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यसवर्ष मनसुनको प्रभाव तथा सिँचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमीनमा १९ हजार १८७ हेक्टर जमीनमा अर्थात् ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङगरी ९० हजार ९१६ हेक्टर जमीनमा ६८ हजार ४७८ अर्थात् ७५ प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमीनमा एक लाख ९३ हजार ५५५ हेक्टर जमीनमा अर्थात ८६ प्रतिशत धान रोपाइँ भइसकेको  छ ।

    मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष रोपाइँ गर्न किसानले पानीको समस्या झेल्नु नपरेको हुँदा धानखेतीको क्षेत्र अझ बढ्ने उहाँले जानकारी दिनुभयो ।२०७७ साउन ६ गते राती ८ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology