• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बजेट भाषण गरेबापत गाउँपालिका अध्यक्षले लिए मोटो रकम

बजेट भाषण गरेबापत गाउँपालिका अध्यक्षले लिए मोटो रकम


समायोजन खबर
  • बुधबार, असार ३१ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, बजेट भाषण, नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पालिकाका जनप्रतिनिधिले दुई लाख रुपैयाँसम्म भत्ता लिने गरेको पाइएको छ ।  महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको ५७ औँ प्रतिवेदनअनुसार जुम्लाको सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत दुई लाख रुपैयाँ पारिश्रमिक लिनुभएको छ । यस्तै कैलालीको जानकी गाउँपालिका, दैलेखको गुराँस र डुण्डेश्वर गाउँपालिकाका उपाध्यक्षले एक लाख रुपैयाँ लिएका छन् ।

    महालेखाको प्रतिवेदनले भनेको छ, ‘जानकी गाउँपालिका कैलालीले २०७५ असार ३२ गतेको गाउँ सभाको निर्णय नम्बर २० मा २०७५/७६ को बजेट तयारी तथा बक्तव्यबापत गाउँपालिका उपाध्यक्षलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत जुम्लाको पातारासी गाउँपालिकाकी उपाध्यक्षलाई ५० हजार रुपैयाँ, सिञ्जा गाउँपालिकाको अध्यक्षलाई दुई लाख रुपैयाँ, तातोपानी गाउँपालिकाकी उपाध्यक्षलाई ९५ हजार रुपैयाँ, चन्दननाथ नगरपालिकाकी उपप्रमुखलाई एक लाख रुपैयाँ, लोहारपट्टी नगरपालिका महोतरीले उपप्रमुखलाई ५० हजार रुपैयाँ, दैलेखको भैरवी, गुराँस र डुङ्गेश्वर गाउँपालिकाकी उपाध्यक्षलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ खर्च लेखेको देखियो । प्रदेश सभाले स्वीकृत गरेको ऐनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत पारिश्रमिक पाउने व्यवस्था गरेको नदेखिएकोले त्यो रकम असुल हुनुपर्दछ ।’२०७७ असार ३१ गते राती ९ :२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology