समायोजन खबर खोटाङ, काठमाडौंमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोड लगायतका क्षेत्रमा जम्मा भएर वर्षा कै बीचमा पनि प्रदर्शन गरेका हुन् । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको थियो । सोही अनुरुप लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै महासंघले आन्दोलन सुरु गरेको हो ।
कोरोना भाइरसका कारण यतिबेला समग्र उद्योगी, व्यवसायीहरु निकै कठिन अवस्थाको सामना गरिरहँदा पनि सरकारले बेवास्ता गरेको भन्दै व्यवसायीहरु आन्दोलित भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।
कटुवालका अनुसार समस्याहरुबारे जानकारी गराउँदा गराउँदै पनि राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय नलिएकाले आन्दोलन थालिएको हो ।
व्यवसायीले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग राखेका छन् । ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नुपर्ने बताएका छन् ।२०७७ असार २६ गते मध्यान्ह १ :१९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology