बाजुरा, १४ असार– बाजुराको बुढीगंगा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

एमालेका कार्यकर्ताले बुढीगंगाकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवा दीपक शाहमाथि आक्रमण गरेपछि दुई दलका कार्यकर्ताबीच झडप भएको हो ।
एमाले कार्यकर्ताको आक्रमणबाट घाइते भएका मेयर उम्मेदवार शाहलाई उपचारका लागि बारबिस स्वास्थ्य चौकीमा भर्ना गरिएको छ ।
एमाले कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवारमाथि आक्रमण गरेपछि कांग्रेस कार्यकर्ता पनि प्रतिकारमा उत्रिएका थिए । कांग्रेस कार्यकर्ताले पनि बुढीगंगाका लागि एमाले उम्मेदवार रामवहादुर बानियामाथि आक्रमण गरेका छन् । कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार पनि घाइते भएका छन् ।
घटनापछि त्यहाँको अवस्था तनावपूर्ण रहेको जनाइएको छ ।
@lokantar
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology