समायोजन खबर खोटाङ, खोटाङमा विपद जोखिम न्यूनिकरणको लागि सुरक्षा सचेतना अभियान सुरु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदाय प्रहरी जिल्ला समिति खोटाङको आयोजनामा विपदबाट जोगिन सचेतना अभियान सुरु भएको हो ।
शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा सामुदाय प्रहरी जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले अभियान सुरुवात भएको जनाएको छ । अभियान सुरु भएसँगै विपदको समय सुरु भएकाले यो समयमा आफू कसरी सचेत हुने र अरुलाई कसरी सचेत बनाउने भन्ने उद्देश्यले विभिन्न प्राकृतिक प्रकोपबाट बच्नको लागि सुरक्षा जानकारी भएको हाते ब्रुसर सर्वसाधरणलाई वितरण गर्न थालिएकोे छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा तयार गरिएको हाते बु्रुसरमा भुकम्प आउनु पूर्व गर्नुपर्ने तयारी, भुकम्प गइरहेको बेला अपनाउनुपर्ने सावधानी, भूकम्प गईसकेपछि गर्नुपर्ने कार्य, चट्याङ परेको समयमा घर बाहिर हुँदा र घरभित्र हुँदा अपनाउनुपर्ने सावधानी, आगलागी, बाढी पहिरो तथा डुबान, शीतलहर, हिमपातबाट जोगिने उपायहरु राखिएको छ ।
प्राकृतिक प्रकोपबाट बच्नको लागि सुरक्षा जानकारी भएको उक्त हाते ब्रुसर जिल्लाभर रहेको घरघरमा पु¥याइने खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । सामुदाय प्रहरी जिल्ला समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी, जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र संविधानसभा सदस्य दुर्गाजयन्ती राईले विपद जोखिम न्यूनिकरणका लागि सुरक्षा सचेतनामा अभियानलाई अझ उपलब्धिमूलक र रचनात्मक बनाउन सुझाव दिएका थिए ।२०७७ असार १२ गते दिउँसो ४ :४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology