समायोजन खबर खोटाङ, प्रदेश २ मा आइतबार थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ महिलासहित ७८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी संक्रमित सिराहा जिल्लामा देखा परेका छन् । सिराहामा ४ महिलासहित ५२ जना नयाँ संक्रमित देखापरेका छन् । सर्लाहीमा ९ जना, धनुषामा ८ जना, बारामा ४ जना, सप्तरी र महोत्तरीमा २र२ जना र रौतहटमा एक जना संक्रमित थपिएका छन् ।
यससँगै प्रदेश २ मा कुल संक्रमितको संख्या २ हजार ९ सय २ पुगेको छ । संक्रमितमध्ये १ सय ६० जना महिला छन् । आइतबारसम्म प्रदेश २ बाट ९ सय ५२ जना संक्रमित निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।२०७७ असार ७ गते साँझ ७ : ०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology