समायोजन खबर खोटाङ, नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ। नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ। रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन। जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ।
खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ। असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। असारेलाई पूर्वी भेगमा रसिया भनिन्छ भनि पश्चिमाञ्चलतिर काँठेभाका भनिन्छ।
लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ। यस भाकाका फाँकीहरू १६र१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ। असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक बनाइदिन्छ।२०७७ असार ७ गते अपरान्ह ४ :३१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology