• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा १५ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा १५ जना कोरोना संक्रमित थपिए


समायोजन खबर
  • आइतबार, असार ७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा सुनसरीको बर्जु र कोसी गाउँपालिकामा १र१ जना, झापाको अर्जुनधाराका ३ जना, कनकाई नगरपालिकाका १ जना र मेचीनगरका २ जना छन् ।

    यस्तै उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । ती मध्ये २३४ जना उपचार पछि घर फर्किएका छन ।२०७७ असार ७ गते अपरान्ह ४ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology