चिसाङ शेर्पा खोटाङ, नेपाली कांग्रेस खोटाङले काठमाण्डौ उपत्यकामा राहत वितरण गरेको छ । कोरोना भाइरसको संम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनबाट अतिप्रभावित भएका ११ सय परिवारलाई शनिबार राहत वितरण गरेको हो ।
खोटाङ कांग्रेसको अगुवाईमा कांग्रेस महामन्त्री शशांक कोईराला, कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तकबाट संकलन भएको रकमबाट खाद्यवस्तु खरीद गरेर उपत्यकाको विभिन्न ६ स्थानमा बसोबास गरिरहेका खोटाङगे सर्वसाधरणलाई राहत वितरण गरिएको नेपाली कांग्रेसका युवा नेता रोजन राईले जानकारी दिए ।
प्रभावित प्रति परिवार(अवस्थानुसार)लाई २०, २५, ३० केजीका दरले चामल, दाल, नुन र हरियो तरकारी वितरण गरिएको राईले जानकारी दिए । प्रभावित परिवारलाई नेपाली कांग्रेस खोटाङका पार्टी सभापति नरेश कुमार श्रेष्ठ, पूर्वमन्त्री सर्वधन राई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, महेन्द्र सुब्बा लिम्बु, कांग्रेसका युवा नेता रोजन राई,दिनेश राईलगायतले राहत वितरण गरेका हुन् ।
उपत्यकाको बसुन्धारा, बौद्ध कपन, जोरपाटी, नयाँ बानेश्वर, भक्तपुर सल्लाघारी, ललितपुर सातदोवोटो आसपासमा लकडाउनका कारण रोकिएका खोटाङगे सर्वसाधरणलाई राहत वितरण गरिएको हो । उनीहरु लामो समयको लकडाउनका कारण समस्यामा परेका थिए ।
कोरोना महामारीसँगै अत्यास लाग्दो लामो लकडाउन सामना गर्नुपरेको कारण आर्थिक कारोबार गर्न असमर्थ वनेका बेलामा जिल्लावासी बिरामी, अशक्क्त, मजदुरी, विधार्थीहरुको निभ्न लागेको चुल्हो बाल्न सहयोग गरिएको नेपाली कांग्रेस खोटाङका सभापति नरेश कुमार श्रेष्ठले बताए ।२०७७ असार ६ गते साँझ ५ :३४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology