समायोजन खबर खोटाङ, सालपा बिकास बैंक खोटाङले स्वास्थ्य कार्यालय दिक्तेललाई ६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पुर्याउनका लागि सालपा बिकास बैंकले बुधबार ३५० थान आरडिटि टेष्ट किट, २५० थान स्वाव कलेक्सन भिटिएम, ३० सेट पिपिई सुट, केएन ९५ मास्क प्रदान गरेको हो ।
जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा सालपा बिकास बैंकका सञ्चालक समितिका सदस्य चन्द्रबहादुर खड्काले जिल्ला समन्वय समितिका प्रमुख एबं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
बैंकले तीन लाख ५० हजारको आरडिटि किट, एक लाख १२ हजारको भिटिएम, ६९ हजार बराबरको पिपिई र मास्क प्रदान गरेको जनाएको छ । कोरोना महामारी विरुद्धको अभियानमा हातेमालो गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बैंकका सञ्चालक समितिका सदस्य खड्काले बताए ।
‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित खोटाङकै नागरिकले स्थापना गरेको बैंकले स्वास्थ्य कार्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत तथा बैंकमा कार्यरत कर्मचारी सेवा सुविधाबाट उक्त स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका हुन् ।२०७७ जेठ २९ गते बिहान ७ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology