समायोजन खबर काठमाडौं, सरकारले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।
तर तत्काल सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीमा परेको असर र कोरोना संक्रमणको बढ्दो जोखिमलाई समेत मध्यनजर गर्दै यो वर्ष एसईईको परीक्षा नगरिएको एक मन्त्रीले बताए ।
उनकाअनुसार अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र त्यसकै आधारमा परीक्षा बोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ । एसईई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर अन्तिम समयमा चैत ५ गते साँझ कोभिड( १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले स्थगित गर्ने निर्णय गरेको थियो ।
परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यसैविच, खोटाङबाट ३ हजार ६८४ जनाले एसईई परिक्षा दिने छन् । रेगुलरतर्फ ३ हजार ४२५ जना, प्राविधिक धारतर्फ ६४ जना र ग्रेड बृद्धितर्फ १९५ जनाले एसईई परिक्षा दिनलाई आवेदन आएको शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलले जनाएको छ । खोटाङमा २३ वटा परिक्षा केन्द तोकिएको थियो ।२०७७ जेठ २९ गते बिहान ६:४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology