समायोजन खबर खोटाङ, जवरजस्ती करणी मुद्धामा खोटाङको केपिलासगढी गाउँपालिका–७ सुंदेलका २० वर्षीय सागर राई पुर्पक्षका जेल चलान भएका छन् । १९ वर्षकी युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा अदालतबाट भएको थुनछेक आदेशमा राई कारागार चलान भएका हुन् ।
बयान लिएपछि अदालतबाट एक लाख नगद धरौटी बुझाउन वा सो बराबरको जमानत राख्नका लागि थुनछेक आदेश भएकामा धरौटी वा जमानत राख्न नसकेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका हुन् । उनीमाथि जेठ ७ गते युवतीमाथि जवरजस्ती गरेको अभियोग रहेको अदालतका निमित्त श्रेष्तेदार मनकुमार राईले बताए ।
जवरजस्ती गर्नमा सहयोग गरेको अभियोगमा सोही ठाउँका नगेन्द्र भनिने २५ वर्षीय योसेफ राई २५ हजार धरौटी बुझाएर तारिखमा छुटेका छन् । यस्तै, सहयोग गरेकै अभियोगमा १७ वर्षका नावालकलाई भने अदालतले खोजेको समयमा उपस्थित हुनेगरी छाडेको जनाएको छ । पिडित पक्षको उजुरीका आधारमा उनीहरुलाई जेठ ९ गते प्रहरीले पक्राउ गरेको थियो । २०७७ जेठ २६ गते साँझ ७ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology