समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अपांङ्गता भएका ब्यक्तिहरुका लागि सिन्के धुप (अगरबत्ती) र मुढा बनाउने तालिम दिन थालिएको छ । गाउँपालिकाभरीका अपांङगता भएका ब्यक्तिहरुलाई पनि आत्मनिर्भर बनाउनका लागि तालिम दिन थालिएको हो ।
‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत आईतबारबाट गाउँपालिकाको सभाहलमा सुरु भएको तालिमको गाउँपालिकाकी उपाध्यक्ष सपना राईले उद्घाटन गरेकी छिन् । तालिममा सात वडाका ३/३ जना गरी २१ जना अपांङ्गहरुले सहभागिता जनाएका छन् । 
हप्तादिनसम्म सञ्चालन हुने तालिममा मुढातर्फ १ लाख र सिन्के धुपतर्फ डेढ लाख बजेट छुट्याइएको छ । विषय विज्ञबाट हप्तादिनसम्म तालिम गरेर घरघरमा उनीहरुले उत्पादन गरेको सामग्रीहरुलाई गाउँपालिकाभित्रका पसलमा बिक्री गर्नलाई सहयोग माग्ने र बाहिरबाट आउने यसप्रकारका सामग्री ल्याउनलाई निरुत्साहित गराउनतर्फ लाग्ने गाउँपालिकाकी उपाध्यक्ष राईले बताईन् ।२०७७ जेठ २५ गते राती ८ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology